काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमबार पनि उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार ८०० रुपैयाँ पुगेको छ।
हिजो आइतबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदी भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।

















