IME Life New

नेप्सेमा सीईओ नियुक्ति प्रक्रिया अगाडि बढ्यो, दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया अगाडि बढेको छ। नेप्सेको सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आज दरखास्त आह्वान गर्दै प्रक्रिया अगाडि बढाएको छ।

नेप्सेमा खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि दरखास्त आह्वान गरिएको हो। इच्छुक र योग्य नागरिकले ७ दिन फागुन १८ गतेभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ।

Esewa
Crest

आवेदनका साथ गोप्य खामबन्दी व्यावसायिक कार्ययोजनासमेत पेस गर्नुपर्ने समितिले जनाएको छ।

नेप्सेका सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गतेबाट सकिएको थियो। हाल नेप्सेको कामु सीईओ जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँललाई दिइएको छ।

नेप्सेको रिक्त सीईओ पदमा खुला प्रतिष्पर्धाबाट नियुक्ति गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयले ३ सदस्यीय समिति गठन भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन भएको हो।

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेका समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल छन्।

समितिले प्राप्त दरखास्तको मूल्यांकन गरी ५ जनाको नाम सर्टलिस्ट गर्नेछ। त्यसपछि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि तीमध्ये ३ जनाको नाम मन्त्रिपरिसदमा सिफारिस गर्नेछ। तिनै ३ जनामध्ये १ जनालाई मन्त्रिपरिषदले नेप्सेको सीईओमा नियुक्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS