IME Life New

औद्योगिक प्रदर्शनी गर्दै महासंघ, लघु तथा घरेलुदेखि ठूलासम्म गरी १०० स्टल रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल उद्योग तथा व्यवसायी महासंघले औद्योगिक प्रदर्शनी गर्ने भएको छ। महासंघले आफ्नो वार्षिकोत्सव तथा साधारणसभाका अवसर पारेर उक्त प्रदर्शनी गर्न लागेको हो।

देशभित्र रहेका लघु तथा घरेलु, साना मझौलादेखि ठूला उद्योगबाट उत्पादित वस्तुको बजारीकरणका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको महासंघका संयोजक भागीरथ सापकोटाले जानकारी दिए। ‘लामो समयको आर्थिक मन्दीका कारण अहिले उद्योगी–व्यवसायीको मनोबल खस्किँदो अवस्थामा छ’, उनले भने, ‘औद्योगिक वातावरण निर्माण गर्दै देशभित्र आर्थिक गतिविधि चलायमान बनाउन औधोगिक प्रदर्शनी गर्न लागिएको हो।’

Esewa
Crest

महासंघले आफ्नै साधारणसभाको अवसर पारेर २ दिनसम्म उक्त प्रदर्शनी गर्न लागिएको समेत सापकोटाले जानकारी दिए। ‘हामीले चैत ८ र ९ गते बबरमहलस्थित कार्की बैंकेटमा महासंघको वार्षिक साधारणसभा गर्दैछौँ’, उनले भने, ‘सोही अवसरमा हामीले देशभरका उद्योगी–व्यवसायी उपस्थित गराई उहाँहरुले उत्पादन गरेको वस्तुहरुलाई प्रदर्शनीमा राख्ने छौँ।’ साथै उक्त स्थललाई वस्तु उत्पादक र खरिदकर्ताको जमघटस्थल बनाइनेसमेत उनले जानकारी दिए।

प्रदर्शनीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साना मझौला किसानदेखि ठूला उद्योगी–व्यवसायीले उत्पादन गरेका वस्तु रहने मेला उपसमितिका संयोजक गोपाल खनालले जानकारी दिए। ‘हामीले मेलामा साना, लुघु तथा घरेलुदेखि मझौला र ठूला गरी १०० भन्दा बढी स्टल राख्दैछौँ’, उनले भने, ‘जहाँ कर्णालीमा पाइने जिम्बु, यार्चा, सिलाजितदेखि पूर्वको छुर्पी, अलैचीदेखि चिया–कफीसम्मका स्टल रहनेछन्।’

मेलामा हरेक क्षेत्रका ठूला उद्योगहरुको उत्पादनसमेत बिक्री तथा प्रदर्शनीमा राखिने खनालले जानकारी दिए। महासंघको २ दिनसम्म चल्ने उक्त साधारणसभामा देशभरबाट १ हजार ५०० उद्योगी–व्यवसायी आउने अपेक्षा गएिको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS