काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ को विन्दुमा बन्द भएको छ।
बजार बढ्दा ८१ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १५८ वटा कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेपाल पुनर्बीमा कम्पनीः ६५ करोड ६६ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ३८ करोड ३७ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः ३६ करोड ४९ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २२ करोड ६ लाख रुपैयाँ
- नारायणी डेभलपमेन्ट बैंकः १९ करोड २४ लाख रुपैयाँ
- पिपुल्स हाइड्रोपावरः १६ करोड ६९ लाख रुपैयाँ
- सिटिजन लाइफः १३ करोड ८४ लाख रुपैयाँ
- सगरमाथा जलविद्युतः १२ करोड ९० लाख रुपैयाँ
- सानिमा रिलायन्स लाइफः १२ करोड २५ लाख रुपैयाँ
- युनाइटेड इदी मर्दीः ११ करोड ८० लाख रुपैयाँ

















