काठमाडौं । सुनको भाउ फेरि अल–टाइम हाई नजिक पुगेको छ।
नेपाली बजारमा आज बुधबार प्रतितोला छापावाल सुन १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको छ।
सुनको आजको भाउ यसअघिको कीर्तिमानी उचाइ नजिकको हो। गत कात्तिक १५ गते सुनको भाउ तोलाकै १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च हो।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ पुगेको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।

















