IME Life New

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरा घटनामा घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल कीर्तिपुर अस्पतालबाट आज सोमबार डिस्चार्ज भएका छन्।

पोखरामा भ्रमण वर्ष घोषणा कार्यक्रममा शनिबार हाइड्रोजन ग्यास भरिएका बेलुन उडाउने क्रममा स्पार्क मेसिनबाट निस्किएका झिल्कासँग सम्पर्क हुन गई दुर्घटना हुन पुगेको थियो। बेलुन फुट्दा आगोको झिल्काले अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको दुवैको हात र अनुहार सामान्य जलेको थियो।

Esewa
Crest

त्यसपछि दुवैलाई थप उपचारका लागि कीर्तिपुर अस्पताल ल्याइएको थियो। अस्पतालले आज बिहान विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने जानकारी गराएको थियो। सोहीअनुसार अस्पतालले पौडेललाई डिस्चार्ज गरेको हो।

अस्पतालका अनुसार मन्त्री पौडेल र मेयर आचार्य दुवैको जलनको घाउ निको हुँदै गएको छ। ‘फोक्सोमा कुनै पनि खराब असर पारेको देखिएको छैन’, अस्पतालले भनेको छ।

मेयर आचार्यले पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएका कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केही दिन थप उपचार हुने जानकारी अस्पतालले दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS