काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद शेयर शेयरका लागि बुक क्लोजको मिति तय गरेको छ।
कम्पनीले चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोजको मिति तय गरेको हो। कम्पनीले हकप्रद जारी गर्न फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १३ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्। फागुन १४ गते महाशिवरात्रि परेकोले सार्वजनिक बिदा रहेको छ।
कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराको हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर जारी गर्नेछ।
हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ। हकप्रद जारी गर्ने मितिले भने कम्पनीले तय गरेको छैन।
धितोपत्र बोर्ड माघ २३ गते दोर्दी खोला जलविद्युतलाई हकप्रद शेयर जारी गर्ने अनुमति दिएको थियो।

















