IME Life New

घाइते अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न पूर्ण रुपमा बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरा घटनामा घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरामहानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न पूर्ण रुपमा बन्द लगाइएको छ।

हाल कीर्तिपुर अस्पताल उपचाररत मन्त्री पौडेल र मेयर आचार्यलाई भेटघाट गर्न बन्देज लगाइएको हो। हाल दुवैको अवस्था सामान्य रहे पनि संक्रमण हुन सक्ने भएको अर्को सूचना जारी नहुनेन्जलसम्म भेटघाट पूर्ण रुपमा बन्द गरिएको अस्पतालले जनाएको छ।

Esewa
Crest

अस्पतालद्वारा जारी विज्ञप्तिअनुसार अस्पतालको सघन कक्षामा भर्ना गरी उपचाररत पौडेल र आचार्य दुवैको अवस्था शनिबार राति सामान्य रहेको र हिजोभन्दा आज सुधारोन्मुख रहेको जनाइएको छ। अब घाउको अवस्थाबारेमा ड्रेसिङ भएपछि अद्यावधिक गरिने विज्ञप्तिमा उल्लेख छ।

मन्त्री पौडेल र मेयर आचार्यको शनिबार पोखरामा भ्रमण वर्ष घोषणा कार्यक्रममा हाइड्रोजन ग्यास भरिएका बेलुन उडाउने क्रममा स्पार्क मेसिनबाट निस्किएका झिल्कासँग सम्पर्क हुन गई दुर्घटना हुन पुगेको थियो। बेलुन फुट्दा आगोको झिल्काले दुवैको हात र अनुहार सामान्य जलेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS