काठमाडौं । फागुन महिना आजबाट सुरु भएको छ। फागुन महिना २९ दिनको रहेको छ।
फागुनमा सार्वजनिक बिदा ४ दिन परेको छ भने शनिबार पनि ४ दिन नै परेको छ। फागुनको ७ गते (राष्ट्रिय प्रजातन्त्र दिवस), १४ गते (महाशिवरात्रि), १६ गते ग्याल्पो ल्होसार र २९ गते (फागु पूर्णिमा/होली)मा सार्वजनिक बिदा दिइएको छ। यी दिन बीमा कम्पनी, बैंक तथा शेयर बजारका साथै सम्पूर्ण सरकारी तथा सार्वजनिक निकाय बन्द रहनेछन्।
यस हिसाबले ४ दिन सार्वजनिक बिदा र ४ दिन शनिबार (३, १०, १७ र २४ गते) गरी ८ दिन बीमा कम्पनी, बैंक र सरकारी तथा सार्वजनिक निकाय बन्द रहनेछन्। त्यसैले फागुनमा २१ दिनमात्रै बीमा कम्पनी, बैंक र सरकारी तथा सार्वजनिक निकाय खुला रहनेछन्।
शेयर बजार भने फागुनमा १२ दिन बन्द रहनेछ भने १७ दिनमात्र खुला रहनेछ। शेयर बजार सार्वजनिक बिदा ४ दिन, शुक्रबार ४ दिन (२, ९, १६ र २३ गते) र शनिबार ४ दिन गरी १२ दिन बन्द रहनेछ। अरु क्षेत्र खेला रहे पनि शुक्रबार शेयर कारोबार हुँदैन।

















