IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातारको ५ दिनको गिरावटपछि शेयर बजार आज सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा १३४ कम्पनीको शेयरभाउ उकालो लागेको छ। आज ९८ कम्पनीको शेयरभाउ घट्दा ११ वटाको स्थिर रहेको छ।

Esewa
Crest

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटा उकालो लागेको छ भने ८ वटामा गिरावट आएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक २.३७ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.०५ प्रतिशतले घटेको छ।

आज बजारमा करिब सवा ७ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। आज सीईडीबी होल्डिङ्सको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी होल्डिङ्सः ३६ करोड ८१ लाख रुपैयाँ
  • न्यादी हाइड्रोपावरः ३५ करोड ११ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः २१ करोड ७७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १९ करोड ६९ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १८ करोड ६२ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १५ करोड ४८ लाख रुपैयाँ
  • सिनर्जी पावरः १२ करोड ९० लाख रुपैयाँ
  • नेपाल रिपब्लिक मिडियाः १२ करोड ५२ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १२ करोड ४५ लाख रुपैयाँ
  • एक्सेल डेभलपमेन्ट बैंकः १२ करोड ८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS