IME Life New

विश्वकै सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क, नेपालको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआईएन)ले मंगलबार भ्रष्टाचार अवधारणा सूचकांक–२०२४ सार्वजनिक गरेको छ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टीआईएनले भ्रष्टाचार सूचकांकमा समेटिएका १८० देशको सूची सार्वजनिक गरेको हो। यो सूचीमा विश्वकै कम भ्रष्टाचार हुने देशमा डेनमार्क शीर्ष स्थानमा रहेको छ। यो युरोपेली मुलुकले कुल १०० मध्ये ९० अंक प्राप्त गरेर विश्वकै सबैभन्दा कम भ्रष्टाचार हुने देशमा परेको हो। त्यसो त डेनमार्क लगातार ७ वर्षदेखि कम भ्रष्टाचार हुने मुलुक बन्दै आएको छ।

Esewa
Crest

दोस्रो सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा फिनल्यान्ड रहेको छ। यो मुलुकले ८८ अंक प्राप्त गरेको छ। तेस्रोमा ८४ अंकका साथ सिंगापुर रहेको छ।

विश्वकै सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा दक्षिण सुडान परेको छ। यो देशले ८ अंकमात्रै प्राप्त गरेको छ। दोस्रो धेरै भ्रष्टाचार हुने देशमा सोमालियाले ९ अंक र तेस्रो भेनेज्युलाले १० अंक प्राप्त गरेका छन्।

सर्वेक्षण गरिएका १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा परेको छ। नेपालले १०० मा जम्मा ३४ अंक प्राप्त गरेको छ। गत वर्ष नेपालले यस्तो अंक ३५ पाएको थियो।

छिमेकी मुलुक भारतले १०० अंकमा ३८ र चीनले ४३ अंक पाएका छन्।

ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वमा विभिन्न संस्थाले गर्ने अध्ययनमा भ्रष्टाचार, सुशासन र घुसखोरीका बारेमा सोधिने प्रश्न र सर्वेक्षणलाई आधार बनाएर भ्रष्टाचार अवधारणा सूचकांक तयार गर्छ। विश्वका दुई तिहाइ देशले १०० मा ५० भन्दा कम अंक प्राप्त गरेका छन्। सर्वेक्षण गरिएका १८० मुलुकको औसत अंक यस वर्ष ४३ कायम भएको छ।

नेपालले प्राप्त गरेको नतिजाले भ्रष्टाचारविरुद्ध सरकारले अझै प्रभावकारी रणनीतिहरु तय गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS