IME Life New

बलेफी हाइड्रोपावरको अवितरित करिब १८ लाख कित्ता हकप्रद फागुन ५ बाट लिलामीमा राखिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बलेफी हाइड्रोपावरको अवितरित करिब १८ लाख कित्ता हकप्रद शेयर फागुन ५ बाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको छ।

कम्पनीले हालै आफ्ना शेयरधनीहरुलाई १ः१ अर्थात चुक्तापुँजीको १०० प्रतिशत शेयर बिक्री खुला गरेको थियो। जसमा बिक्री हुन बाँकी रहेको १७ लाख ९८ हजार ६५६ कित्ता शेयर लिलामीमा राखिन लागेको हो। लिलामीमा राखिने कुल शेयरमा संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूह (लकइनमा रहेको)को ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूह (लकइनमा नरहेको)को ६ लाख १३ हजार ५७३ कित्ता शेयर छन्।

Esewa
Crest

बिक्रीमा राखिने शेयरमा इच्छुका जोहीकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा खरिद दिन सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित कार्यालयका साथै शाखाहरु पोखरा (चिप्लेढुंगा), बुटवल (ट्राफिकचोक), वीरगन्ज (आदर्शनगर) र विराटनगर (गोल्छाचोक)मा दिन सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन १९ गते बैंकिङ समयसम्म तोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS