IME Life New

दिगो डाँफेः नेपालकै उत्कृष्ट विद्युतीय स्कुल भ्यान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै, दिगो डाँफे विद्युतीय स्कुल भ्यान विद्यालयहरूको लागि सबैभन्दा उपयुक्त समाधान बनेको छ। ५ वर्षभन्दा लामो समयदेखि नेपाली सडकमा सफलतापूर्वक सञ्चालन हुँदै आएको यो भ्यानले ४ लाख किलोमिटर भन्दा बढी यात्रा पूरा गरिसकेको छ, जसले यसको विश्वसनीयता र स्थायित्व प्रमाणित गर्छ।

दिगो डाँफे पूर्ण रूपमा मेटल बडीबाट निर्मित भएकाले बलियो र टिकाउ छ। यसमा रहेको ABS र EBD सहितको उन्नत ब्रेकिङ प्रणालीले आकस्मिक परिस्थितिमा सुरक्षित ब्रेकिङ सुनिश्चित गर्छ। नेपालका विविध भूगोललाई ध्यानमा राख्दै यसको १८८ मिमी ग्राउन्ड क्लिरेन्स राखिएको छ, जसले कच्ची र असमान सडकहरूमा सहज यात्राको अनुभव दिन्छ। साथै, ६० किलोवाटको शक्तिशाली मोटरको साथमा, यो भ्यान स्कूल यातायातको लागि एकदमै भरपर्दो साबित भएको छ।

Esewa
Crest

धेरै विद्यालयहरू ठूला बसहरू प्रयोग गर्नुपर्ने भएकाले विद्यार्थीहरूलाई टाढाको पिकअप प्वाइन्टसम्म जान बाध्य पारिन्छ, जसले साना बच्चाहरूका लागि असुविधा र जोखिम बढाउँछ। दिगो डाँफे ११ सिट क्षमतासहितको मध्यम आकारका कारण साँघुरा गल्ली र आवासीय क्षेत्रमा सजिलै पुग्न सक्छ, जसले गर्दा विद्यालयले विद्यार्थीहरूलाई सिधै घरबाटै ल्याउन र पुर्याउन सक्छन्।

एक पटकको चार्जमा दिगो डाँफेले ३०० किलोमिटरको रेन्ज प्रदान गर्छ, जसले बारम्बार चार्ज गर्ने झन्झट हटाएर विद्यालयहरूलाई लामो दुरीको यात्रा सहज बनाउँछ। यसमा रहेको CATL निर्मित लिथियम आयन फस्फेट ब्याट्रीले उच्च कार्यक्षमता र टिकाउपन प्रदान गर्दछ। कम्पनीले ३,००,००० किलोमिटर वा ५ वर्षको वारेन्टी दिएकाले विद्यालयहरू ढुक्क भएर लामो समयसम्म यो भ्यान प्रयोग गर्न सक्छन्।

विद्यालय तथा यातायात व्यवसायीहरूलाई सहज पहुँच उपलब्ध गराउने उद्देश्यले दिगो डाँफे अब ८०५ सम्मको फाइनान्स सुविधासहित उपलब्ध छ। न्यून अग्रिम भुक्तानीमा प्राप्त गर्न सकिने यो भ्यान विद्यालयहरूका लागि आर्थिक रूपमा पनि लाभदायक विकल्प बनेको छ। साथै, पुराना गाडी साटेर नयाँ दिगो डाँफे खरिद गर्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध छ, जसले नयाँ विद्युतीय प्रविधि अपनाउन विद्यालयहरूलाई थप सहज बनाउँछ।

डीजल र पेट्रोलमा निर्भरता घटाउँदै विद्युतीय स्कुल भ्यानको प्रयोगले विद्यालयलाई केवल आर्थिक रूपमा मात्र होइन, वातावरणीय रूपमा पनि फाइदा पुर्‍याउँछ। दिगो डाँफेले प्रदूषणरहित यात्रा सुनिश्चित गर्दै हरेक बालबालिकालाई हरित भविष्यतर्फ डोर्याउने प्रतिबद्धता व्यक्त गर्छ। विद्यालय यातायातलाई सुरक्षित, टिकाउ र दिगो बनाउन दिगो डाँफे विद्युतीय स्कुल भ्यान नै स्मार्ट छनोट हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS