IME Life New

चिन्ता नलिऔँ, यी सामान्य ७ नियम पालना गरे शेयर बजारबाट कमाउन सकिन्छ पैसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका कतिपय दिग्गज लगानीकर्ताले थोरै लगानी गरेर शेयर बजारबाट मनग्य पैसा कमाएका थिए भन्ने कुरा प्रायः सबैलाई थाहै होला। सबैलाई लाग्छ सक्छ कि शेयर बजारमा सजिलै पैसा कमाउन सकिन्छ। यो सम्भव पनि छ। त्यसो भए किन धेरै साना लगानीकर्ता घाटा भोगेर बाहिरिन्छन् ? यसको पछाडिको कारण हाम्रो आफ्नै दोष हो।

शेयर बजारमा गल्ती सच्याउन सजिलो छ। केही कुरा दिमागमा राखेर लगानी गर्दा शेयर बजारबाट राम्रो पैसा कमाउन सकिन्छ। तर, प्रायः पैसा कमाउने दौडमा मानिसले नियम र जोखिम बिर्सिन्छन् वा जानाजानी बेवास्ता गर्छन् अनि शेयर बजारबाट ठूलो घाटा व्यहोरेको गुनासो गर्छन्।

Esewa
Crest

शेयर बजारबाट ९० प्रतिशतभन्दा बढी साना लगानीकर्ताले पैसा कमाउन नसकेको कुरा कटु सत्य हो। प्रत्येक सानालगानीकर्ताले शेयर बजारमा प्रवेश गर्नुअघि यो तथ्यांकलाई ध्यानमा राख्नुपर्छ । तर, यसमा एउटा राम्रो कुरा के हो भने १० प्रतिशत साना लगानीकर्ता पैसा कमाउन सफल भएका छन् । किनभने उनीहरु शेयर बजारका नियम पालना गर्छन्।

शेयर बजारबाट कमाउन यी नियम पालना गरौँ

कसरी सुरु गर्ने ?

शेयरमा लगानी गर्नुअघि बजार के हो भनेर जान्न प्रयास गर्नुपर्छ। शेयर बजारले कसरी काम गर्छ ? शेयर बजारबाट कसरी आम्दानी गर्ने ? किनकि शेयर बजार पैसा कमाउने मेसिन होइन । यो डिजिटल युगमा घरमै बसेर अनलाइनमार्फत यसबारे जानकारी प्राप्त गर्न सकिन्छ। यसबाहेक शेयरको मामिलामा वित्तीय सल्लाहकारको पनि मद्दत लिन सकिन्छ। जसले हामी सुरुमा सही दिशामा मार्गदर्शन गर्नेछ।

थोरै रकमबाट लगानी सुरु

शेयर बजारमा लगानी गर्नका लागि ठूलो रकम हुनु आवश्यक छैन। धेरैजसो मानिसले यो गल्ती गर्छन्। तिनीहरुले आफ्नो सबै बचत शेयर बजारमा लगानी गर्छन्। त्यसपछि उनीहरु बजारको उतार–चढाव सहन असमर्थ हुन्छन्। तसर्थ, सानो रकम १ हजार रुपैयाँ (प्राथमिक बजार)बाट लगानी सुरु गर्न सकिन्छ।

राम्रा कम्पनी छनौट

सुरुमा धेरै उच्च रिटर्न पाउने कोसिसबाट टाढा रहनुपर्छ। किनकि उच्च प्रतिफलको खोजीमा मानिसहरु आधारभूत रुपमा बलियो नभएका कम्पनीको शेयरमा पैसा लगानी गर्छन् अनि फस्छन्। त्यसैले ब्ल्युचिप कम्पनीमा प्रायः लगानी गर्न सुरु गर्नुपर्छ। जुन आधारभूत रुपमा बलिया हुन्छन्। केही वर्षको अनुभव पछि शेयर बजारमा जोखिम लिन सक्ने क्षमता बनाएर लगानी गर्न सकिन्छ।

लगानी गरिरहनु

शेयर बजारमा थोरै पैसाबाट लगानी विस्तार बढाउँदै जानुपर्छ। आफ्नो पोर्टफोलियो सन्तुलित राख्नुपर्छ। केही वर्ष लगातार बजारमा लगानी गरिरहँदा लक्ष्य हासिल गर्न सकिन्छ । प्रायः जो लामो समयसम्म बजारमा लगानीमा रहन्छन्, उनीहरुलाई फाइदा हुन्छ।

सस्ता शेयरबाट टाढा रहौँ

साना लगानीकर्ता प्रायः सस्ता शेयरमा ध्यान केन्द्रित गर्छन्। उनीहरु अनावश्यक रुपमा त्यस्ता शेयर किन्छन् र त्यसपछि बजार घट्दा डराउँछन्। सस्ता शेयरमा कम लगानी गरेर बढी आम्दानी गर्न सकिने उनीहरुको बुझाइ हुन्छ । तर, यो सोच गलत हो। सधैँ कम्पनीको वृद्धिलाई ध्यानमा राखेर शेयर चयन गर्नुपर्छ। त्यो कम्पनीमा मात्र लगानी गर्नुपर्छ, जसको व्यवसाय राम्रो छ र त्यो व्यवसाय सञ्चालन गर्ने व्यवस्थापन राम्रो छ।

बजारमा गिरावट आउँदा नआत्तिने

शेयर बजारमा गिरावट आउँदा आत्तिनुहुँदैन। बजार घट्दा लगानीको अवसरका रुपमा लिनुपर्छ। प्रायः साना लगानीकर्ताले आफूले कमाएसम्म लगानी गरिरहन्छन्। तर, बजार ओरालो लागेपछि डराउँछन् अनि ठूलो घाटा हुने डरले सस्तोमा शेयर बेच्छन् । जब कि ठूला लगानीकर्ता खरिदका लागि बजार गिरावट पर्खिरहेका छन्।

आम्दानीको केही अंश सुरक्षित लगानी

शेयर बजारबाट भएको आम्दानीको केही अंश सुरक्षित क्षेत्रमा लगानी गर्नुपर्छ। अर्को कुरा भनेको बिना जानकारी शेयर बजारमा लगानी गर्नुहुँदैन। शेयर बजारमा लगानी गर्नुअघि वित्तीय सल्लाहकारको मद्दत लिनुपर्छ।

(नोटः शेयर बजारमा लगानी गर्दा आफूले उठाउन सक्ने जोखिमको आँकलन गर्नुपर्छ। त्यसैले शेयर बजारमा लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता, बजारको जानकारी र अध्ययन गरेरमात्रै गर्नुपर्छ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS