IME Life New

शिवम सिमेन्टको नाफामा भारी संकुचन, ईपीएस रु. २ मा झर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम सिमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पुससम्म कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १४ लाख ८५ हजार नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा ६१.७७ प्रतिशतको संकुचन आएको छ।

Esewa
Crest

पुससम्म कम्पनीले उत्पादन बिक्री गरेर ३ अर्ब १० करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको बिक्री लागत २ अर्ब ७० करोड १५ लाख रुपैयाँ देखिएको छ। यो हिसाबले कम्पनीको कुल आम्दानी ४० करोड १ लाख रुपैयाँ हुन आउँछ।

अघिल्लो वर्ष पुसम्म कम्पनीले उत्पादन बिक्री गरेर ३ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको बिक्री लागत ३ अर्ब १ करोड ५७ लाख रुपैयाँ देखिएको थियो। यो हिसाबले कम्पनीको कुल आम्दानी ५० करोड ४२ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको ११.८८ प्रतिशत र उत्पादन बिक्री लागत १०.४२ प्रतिशतले घटेको छ।

चुक्तापुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ सञ्चित रहेको छ भने अन्य रिजर्भ तथा सरप्लसमा ३ अर्ब १५ करोड ३२ लाख रुपैयाँ रहेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २.०८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७५.३१ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS