काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ को विन्दुमा झरेको हो।
आज नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने बाँकी ९ वटा समूह घटेको छ। यो दिन व्यापार समूह सर्वाधिक १.३९ प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक १.३५ प्रतिशतले घटेको छ।
बजारमा आज ६८ कम्पनीको शेयरभाउ बढेको छ भने १६८ वटा कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा ८ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३१ करोड १६ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः ३० करोड ६२ लाख रुपैयाँ
- सेन्ट्रल फाइनान्सः २० करोड ७ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः १५ करोड ८० लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः १४ करोड ९० लाख रुपैयाँ
- अप्पर लोहरे खोला हाइड्रोपावरः १४ करोड ११ लाख रुपैयाँ
- हिमालयन पावर पार्टनरः १३ करोड ४९ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः १२ करोड ९९ लाख रुपैयाँ
- सामलिङ पावरः १२ करोड ६३ लाख रुपैयाँ
- युनाइटेड मोदी हाइड्रोपावरः ११ करोड ७६ लाख रुपैयाँ

















