IME Life New

लगानी क्षेत्रमा शेयरसेवा होल्डिङ्स उदय, आइपीओ ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको लगानी परिदृश्यलाई मजबुत बनाउन शेयरसेवा होल्डिङ्स प्रालिको आजबाट औपचारिक उद्घाटन गर्दै व्यावसायिक यात्रा सुरु गरिएको छ। यो कम्पनी चार्टर्ड अकाउन्टेन्ट, व्यवसायी, चिकित्सक, इन्जिनियर, बैंकर तथा विभिन्न बैंक तथा वित्तीय संस्था र कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थापन तहमा कार्यरत अनुभवी व्यक्तिको संलग्नता स्थापना गरिएको हो।

विशेषगरी कम्पनीका संस्थापकहरुमा नेपाल एसबीआई बैंकका पूर्वकर्मचारी छन्। जसको व्यापक वित्तीय ज्ञान र रणनीतिक दृष्टिकोण कम्पनीमा ल्याउन मद्दत पुग्ने विश्वास लिइएको छ।

Esewa
Crest

शेयरसेवा होल्डिङ्सको प्रारम्भिक चुक्तापुँजी ५ करोड रुपैयाँ रहेको छ। कम्पनीले आगामी दिनमा पुँजी वृद्धि गर्दै सन् २०२८ भित्र प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) ल्याउने लक्ष्य राखेको छ।

कम्पनीले प्रिआइपीओ प्रवर्द्धक शेयर, निजी प्लेसमेन्ट (प्रवर्द्धक शेयर कारोबार), दोस्रो बजार तथा नेपालका विभिन्न नवप्रवर्तनशील स्टार्टअपमा लगानी गर्नेछ।

नेपालका युवा विदेशिने प्रवृत्ति बढ्दै गएको अवस्थामा शेयरसेवा होल्डिङ्स मातृभूमिमै लगानी गर्ने एउटा प्रेरणादायी उदाहरणका रुपमा उदाएको छ। संस्थापकहरुको दृष्टिकोण स्थानीय विशेषज्ञता र पुँजीलाई एकीकृत गरी व्यवसाय तथा स्टार्टअपलाई प्रवर्द्धन गर्नु हो। जसले व्यक्तिगत, सामाजिक तथा राष्ट्रियस्तरमा लाभ पुर्याउने विश्वास लिइएको छ।

शेयरसेवा होल्डिङ्सको स्थापना नेपालको लगानी क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि हो। कम्पनीले आफ्ना लगानीकर्ताको ज्ञान र अनुभवको सदुपयोग गर्दै वित्तीय क्षेत्रमा नयाँ उचाइ कायम गर्न, रणनीतिक लगानी प्रदान गर्न तथा उद्यमशीलताको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ। शेयरसेवा होल्डिङ्सले नवीनता, इमानदारी र दिगो वृद्धिको प्रतिबद्धतासहित आफ्नो यात्रा अगाडि लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS