IME Life New

राजश्व चुहावट रोक्न सशस्त्र प्रहरीले प्रशंसनीय काम गरेको छः पूर्वअर्थमन्त्री पुन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल–भारत सीमास्थित डडेल्धुराको पर्शुराम नगरपालिका–५ परी गाउँमा रहेको सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण भ्रमण गरेका छन् ।

त्यस क्रममा पुनले राजश्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीले खेलिरहेको भूमिका, सीमा सुरक्षा तथा निगरानी लगायत विषयमा जानकारी लिए । सीमित साधन श्रोतमा पनि सशस्त्र प्रहरीले सीमा सुरक्षा र राजश्व चुहावट नियन्त्राणमा प्रशंसनीय काम गरेको भन्दै उनले सशस्त्र प्रहरीलाई थप साधन श्रोत सम्पन्न बनाउन आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

Crest

निवर्तमान अर्थमन्त्री पुनले चालु आर्थिक वर्षको बजेटमा आफूले सशस्त्र प्रहरी बलललाई थप सुदृढ र प्रभावकारी बनाउन बजेट वृद्धि गरेको स्मरण गरे ।

परिगाउँबाट नेपाली सर्वसाधारण महाकाली नदीमा डुंगा चढेर सीमावर्ती भारतीय बजार टनकपुरमा दैनिकजसो उपभोग्य सामन खरिद, औषधि उपचार तथा रोजगारीका लागि जाने गर्दछन् । डडेल्धुरास्थित सशस्त्र प्रहरीको ५२ नम्बर गुल्मअन्तर्गत नेपाल–भारत सीमामा ५ वटा बीओपी छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS