काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उ्द्घाटन कार्यक्रममा बोल्दै उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताए ।
आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपैया बराबरको सेवा निर्यात गर्न सक्ने र लाखौं मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसंग आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघले अन्य विभिन्न कानूनका साथै आइटी तथा स्र्टाटअप र इनोभेसनका क्षेत्रमा पनि समयानुकुल नीतिगत सुधारका लागि सरकारसंग बहस र पैरवी गर्दै आइरहेको जानकारी दिंदै अध्यक्ष ढकालले महासंघको पहल पछि नेपाल सरकारले नेपाली सूचना प्रविधि ९आईटी० क्षेत्रको विकासमा लागि पछिल्ला कानूनहरुमा गरेको संशोधनले यो क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने बताएका छन् ।
“नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा खोल्न, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्र्याउन पाउने कानुनी व्यवस्थाले नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्ने छ । ” उनले भने ।
क्यान इन्फोटेकले नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने समेत बताए ।
सरकारले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०को विकास र प्रयोगका लागि ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा तयार पारेको सन्दर्भमा प्रस्तावित नीतिले सुरक्षित तथा दिगो एआई इकोसिस्टम निर्माण गर्ने, जनशक्ति विकास गर्ने, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
फरक प्रसङ्गमा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दुःखद भएको बताए । पाथीभरा केवलकार प्रकरणमा भइरहेका विरोधका विषयमा बोल्दै उहाँले विकासलाई राजनीति र धर्म भन्दा माथी राखेर हेर्न राजनीति दल तथा सर्वसाधारणमा आग्रह गरे ।
माघ २४ देखि २८ गतेसम्म चल्ले क्यान इन्फोटेकको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रमा सरकार आफैले धेरै काम गर्न बाकी रहेको बताए । उनले यस क्षेत्रमा नीजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै आउने दिनमा निजि क्षेत्रसङ सहकार्य गरेर काम गर्ने जनाए ।
आइटिलाई उद्योगको रूपमा विकास गर्दै अगाडी लैजान नीतिगत सुधार आवस्यक रहेको उल्लेख गर्दै उनले सरकारले नीतिगत सुधारको लागि काम गरिरहेको जानकारी दिए ।

















