IME Life New

आम्दानी घट्दा सानिमा माई हाइड्रोको नाफामा संकुचन, ईपीएस पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमास ९साउन–पुस०सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म कम्पनीले २६ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३३ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा १९।४३ प्रतिशतको संकुचन आएको छ।

Esewa
Crest

कम्पनीको खुद सञ्चालन मुनाफा पनि घटेर २७ करोड ९ लाख रुपैयाँ सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको खुद सञ्चालन मुनाफा ३६ करोड ९५ लाख रुपैयाँ थियो।

दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट ४० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ४९ करोड ९२ लाख रुपैयाँ आमदानी गरेको थियो। अघिल्लो वर्षको तुलना कम्पनीको आम्दानी १८।६० प्रतिशतले घटेको छ।

चुक्तापुँजी ३ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ३६ करोड ६८ लाख रुपैयाँ र अन्य रिजर्भमा १ अर्ब ७६ करोड ५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा १ अर्ब ३० करोड ३ लाख रुपैयाँ र अन्य रिजर्भमा १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ९ईपीएस० घटेर ७।९२ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको ईपीएस १०।८२ रुपैयाँ थियो। पीई रेसियो ५७।५७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १९२।०३ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS