IME Life New

धितोपत्र बोर्डले खोल्यो स्थगित मर्चेन्ट बैंकरको लाइसेन्स दिने प्रक्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्थगित मर्चेन्ट बैंकरको अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया पुनः सुचारु गरेको छ।

धितोपत्र बोर्डले आज एक सूचना जारी गर्दै स्थगित मर्चेन्ट बैंकर व्यवसायको लाइसेन्स दिने प्रक्रिया पुनः सुचारु गरिएको जानकारी गराएको हो। धितोपत्र बोर्डको २०७५ साउन ८ गतेको निर्णयअनुसार हालसम्म लाइसेन्स दिने कार्य स्थगित गरेको थियो।

Esewa
Crest

धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६७ बमोजिम मर्चेन्ट बैंकिङ व्यवसायअन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिस्ट्रार सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको लाइसेन्स प्रदान गर्ने कार्य गर्दै आएको थियो।

अब नियमावलीबमोजिमको लाइसेन्स प्राप्त संस्थाले सार्वजनिक निष्कासन गर्न पाउनेछन्। यसका लागि नियमावलीबमोजिमको व्यवसाय सञ्चालन गरेको १० वर्ष पूरा गरिसकेको तथा कम्तीमा १ अर्ब चुक्तपुँजी कायम रहेको भए ३० प्रतिशतभन्दा कम नहुने गरी नियमानुसार धितोपत्र सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्थासमेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS