काठमाडौं । नेप्से परिसूचक बुधबार २७११.४५ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ४.४५ अंकले घटेको छ।
बजारमा ८ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट १ अर्ब ३ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ४९ करोड ५५ लाख रुपैयाँको खरिद र ५४ करोड २० लाख रुपैयाँको बिक्री छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४२ बाट ३४ करोड १६ लाख रुपैयाँको खरिद भएको छ भने ३५ करोड ४९ लाख रुपैयाँको बिक्री भएको छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन्।


















