काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशलमव ०८ अंकले घटेर २,७१५ को विन्दुमा कायम भएको छ । आज ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने भने १६२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालय उर्जा विकास कम्पनीको २५ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ८ लदशमलव ३० प्रतिशतका दरले कमाएका छन् । मध्य भोटेकोशीका लगानीकर्ताले ८ दशलमव २५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

















