IME Life New

सामान्य अंकले बढेको बजारमा कारोबार रकम ११ अर्ब ८७ करोड नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशलमव ४१ अंकले घटेर २,७३० को विन्दुमा कायम भएको छ । आज ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३७ कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३१९ कम्पनीको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बरुण हाइड्रोपावरको ३० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सनराइज फोकस्ड इक्विटी फन्डका इकाईधनीले ९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS