IME Life New

व्यवसायीलाई समस्या पर्दा बैंकले सहजीकरण गर्नुपर्छः गभर्नर अधिकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्र संवेदनशील रहेकाले सञ्चारमाध्यमले विषय उठान गर्दा सचेत रहनुपर्नेमा जोड दिएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल ९इम्सन० द्वारा नेपाल बैंकर्स संघका नवनिर्वाचित कार्यसमितिको स्वागत एवं सम्मानका लागि आइतबार आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक रहेको बताए ।

सञ्चारमाध्यममा उठान हुने कतिपय नकारात्मक विषयका कारण बैंकिङ क्षेत्रलाई असर पर्ने गरेको समेत उनले गुनासो गरे । ‘मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा छ, यद्यपि केही समस्या छन्, बैंकिङ क्षेत्र संवेदनशील भएकाले सञ्चारमाध्यममा आउने नकारात्मक टिप्पणीले ठूलो असर गर्छ,’ उनले भने, ‘सञ्चारमाध्यमले कस्ता व्यक्तिको प्रतिक्रिया वा विश्लेषण लिने भन्नेले पनि अर्थ राख्छ ।’ गभर्नर अधिकारीले अर्थतन्त्रलाई सही दिशामा लैजानका लागि बैंकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

Esewa
Crest

उनले बैंकले ऋण प्रवाह र कर्जा असुलीमा मात्रै ध्यान नदिएर व्यवसायीका व्यावहारिक कठिनाइ बुझ्नुपर्ने बताए ।

‘कुनै उद्यमीले व्यवसाय गरिरहँदा ठूलो मेहनत गरेको हुन्छ, उसको व्यवसाय कुनै कारण वा योजनाअनुरुप काम नहुँदा समस्यामा पर्न सक्छ, यस्तो अवस्थामा बैंकले सहजीकरण गरिदिनसक्नुपर्छ,’ उनले भने ‘व्यवसायीलाई कालोसूची पार्नेतर्फ नगइ प्राविधिक र वित्तीय रुपमा सहजीकरण गरिदिनसक्नुपर्छ ।’

उनले बैंकले सहजीकरण मात्रै गरिदिँदा पनि व्यवसायीलाई सहयोग हुने भएकाले पलायन हुने अवस्था नआउने बताए । उनले कुनै व्यवसायी पलायन हुँदाको असर मुलुकलाई पर्ने भएकाले बैंकलाई सहजीकरण गर्न सुझाव दिए ।

नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालाले बैंकिङ क्षेत्रमा अहिले समस्या देखिएको उल्लेख गर्दै सरकारले सुरुदेखि व्यवस्थापन गर्न आवश्यक रहेको बताए । उनले बैंकहरुले अहिले पनि कर्जा ‘रिकभरी’मा समस्या भोगिरहेको बताए । ‘कर्जा रिकभरीमा बैंकहरुले अहिले समस्या भोगिरहेका छन्, लिलामीका लागि सिफारिस लिन अझै समस्या छ, स्थानीय तहबाट आवश्यक सहयोग प्राप्त भएको छैन,’ उनले भने ।

इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले बैंकहरुले वित्तीय साक्षरता बढाउँदै बैंक प्रतिको भ्रमहरु चिर्नका लागि जनचेतना फैलानुपर्नेमा जोड दिए ।

‘शुरुमा लघुवित्तलाई विभिन्न नाममा आन्दोलन गर्दै समस्यामा पारियो तर ती लघुवित्तहरुलाई पनि बैंहरुले विपन्न वर्ग कर्जा अन्तर्गत ५ प्रतिभन्दा बढी लगानी गरेका छन् अहिले त्यहिँ लघुवित्तकै कारण पनि बैंकहरु समस्यामा परेको देखिन्छ,’ उनले भने, ‘पछिल्लो समयको पेनिकले धेरैजसो एमएमईजहरु समस्यामा परेका छन् अब त कर्पोरेट कर्जाहरु पनि समस्या पर्न थालेकी देखिएको छ । अब यसबाट कसरी जोगिने हो भन्ने जिम्मेवारी बैंकर र राष्ट्रबैंकको काँधमा आएको महशुल हामी मिडिया क्षेत्रले गरेका छौं ।’

५ वर्ष अघि साढे १२ प्रतिशतको हाराहारीमा रहेको बैंकिङ क्षेत्रको आरओई यो आवको दोस्रो त्रैमाससम्ममा ८ प्रतिशतबाट तल झरिसकेको बताउँदै अध्यक्ष श्रेष्ठले बैंकरहरुले नै अहिले विभिन्न फि वेस आम्दानीमा उच्च कटौती हुँदा नाफामा धेरै संकुचन आएकाले यसमा राष्ट्र बैंकको सहजीकरणका साथै बैंकहरुले आफैले पनि फि बेसमा आधारित नयाँ प्रोडक्टहरुको खोजी गर्नुपर्ने धारणा राखे ।

‘अहिले हामीमा बैंकप्रतिको बुझाई गतल भयो भनौं या हामीले बैंकको वास्तविकता बुझाउन सकेनौं । बैंकमा अहिले बाहिर भनिएजस्तो साहुजीको लगानी कुल बैंकिङ क्षेत्रको टायर अर्थात ८।५ मात्रै हो त्यसभन्दा बाहेक त बैंकमा बचतकर्ताको लगानी छ । यदि बैंक समस्यामा पर्यो भने तीनै बचतकर्ता मारमा पर्ने हुन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘यस विषयमा बैंकहरुले पनि वित्तीय सारक्षरता वा सो सम्बन्धी जनचेतना फैल्याउनुपर्ने आवश्यक छ ।’

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)मा हाल २७ वटा आर्थिक मिडियाहरु सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS