काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुनको भाउ स्थिर रहँदै तोलाको १ लाख ६२ हजार ८०० रुपैयाँमै कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ८९० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ९१० रुपैयाँमा किनबेच भएको थियो।

















