IME Life New

हरियाली छाएको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारको गतिलो बाउन्स ब्याक भएको छ। नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ को विन्दुमा उक्लिएको हो।

बजारमा बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। सर्वाधिक चमक लघुवित्त समूहमा देखिएको छ। यो समूह आज ४.९२ प्रतिशतले बढेको छ।

Esewa
Crest

बजारमा हरियाली छाउँदा २०२ कम्पनीको शेयरभाउ बढेको छ भने ३७ वटाको घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज कारोबार रकम उल्लेख बढेको छ। यो दिन बजारमा करिब १३ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार भने एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४१ करोड ९७ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः ३५ करोड २६ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः ३० करोड ६१ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः २९ करोड ८१ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २७ करोड ८१ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २६ करोड ६१ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २५ करोड ४२ लाख रुपैयाँ
  • ग्रिन डेभलपमेन्ट बैंकः २१ करोड ५७ लाख रुपैयाँ
  • रसुवागढी हाइड्रोपावरः २० करोड ६५ लाख रुपैयाँ
  • न्यादी हाइड्रोपावरः १९ करोड २० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS