काठमाडौं । आज शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६९ दशलमव ८० अंकले बढेर २,७२७ को विन्दुमा कायम भएको छ । आज २०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९५ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको ३० करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी, ग्रामिण विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज ९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।












