IME Life New

अब विमानको उडान सुरक्षाको जिम्मेवारी प्रमुख पाइलटको काँधमा, यो अवस्थामा उडाउन नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब विमानको उडान सुरक्षाको जिम्मेवारी प्रमुख चालक (पाइलट)को काँधमा हुने भएको छ।

प्रतिनिधिसभामा दर्ता भएको नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको छ। विधेयकमा उडानरत वायुयान (विमान)को उड्डयन तथा हवाई सुरक्षाका लागि मुख्य जिम्मेवारी प्रमुख चालक (पाइलट) हुने प्रस्ताव गरिएको छ।

Esewa
Crest

प्रमुख चालकलाई उडान अवधिभर उड्डयन तथा हवाई सुरक्षा सुनिश्चितताका लागि आवश्यक कदम चाल्ने अधिकारी हुने प्रस्ताव पनि विधेयकमा गरिएको छ। विमान उडान गर्न सबै दृष्टिले सुरक्षित रहेको कुरामा विमानको प्रमुख चालक विश्वस्त भएपछि मात्र उडान गर्नुपर्ने विधेयकमा उल्लेख छ।

विमानभित्र रहेका यात्रुले चालक दलका सदस्यले दिएको निर्देशनको पालना गर्नुपर्ने र कसैको विमान, यात्रु तथा चालक दलका सदस्यलाई अवरोध वा खतरा पुग्ने कुनै किसिमका कार्य गर्न वा गराउन नहुने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ।

नेपालमा दर्ता भएको वा नेपालको हवाई क्षेत्रमा उडान गरिरहेको विमानभित्र रहेको कुनै व्यक्तिले विमानभित्रको शान्ति व्यवस्था र अनुशासनमा खलल पुग्न सक्ने गरेको वा गर्न लागेको विश्वास गर्न सकिने आधार तथा कारण भएमा वा उडानमा रहेको समयमा प्रचलित कानुनबमोजिम फौजदारी कसुर ठहरिने कुनै कार्य गरेको वा गर्न लागेको भन्ने प्रमुख चालकलाई लागेमा उनले त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिन वा विमानबाट ओराल्नेलगायतका उपयुक्त उपाय अवलम्बन गर्न सक्ने अधिकार दिन पनि विधेयकमा प्रस्ताव गरिएको छ।

उक्त अधिकार प्रयोग गर्दा नागरिक उड्डयनसम्बन्धी प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय सन्धि, सम्झौताबमोजिम गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ।

यसैगरी कुनै विमान, त्यसमा सवार व्यक्ति, अन्य विमान वा जमिनमा रहेका व्यक्ति, भौतिक संरचना वा कसैको धनमालको सुरक्षालाई जोखिममा पार्ने वा पर्न सक्ने गरी विमान उडाउन नहुने प्रस्ताव पनि विधेयकमा गरिएको छ।

यो विधेयक संसदबाट पारित भएपछि कानुनी रुप लिनेछ।

caan

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS