IME Life New

भूतपूर्व सैनिक संघ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् । भक्तपुरमा आयोजित नेपाल भूतपूर्व सैनिक संघ भक्तपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा दाहाल सहित १७ जना कार्यसमिति तथा प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्षमा दाहाल निर्वाचित हुँदा उपाध्यक्षमा नवराज श्रेष्ठ, उपाध्यक्षमा रवीन्द्र खड्का,सचिवमा सुरज खड्का, सह सचिवमा पवन बस्नेत, कोषाध्यक्षमा यज्ञ राज भट्ट, सदस्यहरूमा मनोज बुढाथोकी, पूर्ण बहादुर भुट्ट, लक्ष्मण थापा, मखन सिंह लामा, दिने खड्का, विनोद साख, तीर्थमान लामा, विजेश कार्की, रामेश्वर साख, श्याम सुन्दर श्रेष्ठ र सोनाम लामा निर्वाचित भएका हुन् ।

Esewa
Crest

यस्तै बागमती प्रदेश महाधिवेशन प्रतिनिधिमा मखनसिंह लामा, लक्ष्मण थापा, नवराज श्रेष्ठ, दिनेश खड्का, माधव वन र राजकुमार बाटा निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा भने गोकर्ण पुरी, तीर्थमान तामाङ, पवन खत्री, लक्ष्मण भुट्ट श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।

अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले गर्नुभएको थियो । कार्यक्रम उद्घाटन गर्दै उहाँले सैनिक कहिले पनि पूर्व नहुने बताउँदै तपाईँहरूले जहिले पनि देश र जनताको लागि काम गर्न तयार भएर बस्नुपर्ने बताए । उनले सैनिकको काम भनेको इमानदारिता हो जसरी सङ्गठनमा रहँदा इमानदार रहनुभयो अहिले पनि तपाईँहरूको बानीमा परिवर्तन भएको छैन अव देश बनाउने जिम्मा लिँदै हामी हातमा हात मिलाउँदै अगाडी बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेश सभाका पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्ण लाल भँडेल, लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS