काठमाडौं । आईसीएफसी फाइनान्सको ३० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज माघ १३ गते अन्तिम दिन रहेको छ।
कम्पनीले गत माघ ९ गतेबाट ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर’ जारी गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख इकाइ ऋणपत्र जारी गरेको छ। कम्पनीले कुल इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १ लाख २० हजार इकाइको कम्पनीले सार्वजनिक निकाष्सन गरेको हो।
सार्वजनिक निष्कासन गरिने कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६ हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी १ लाख १४ हजार इकाइमा सर्वसाधारण खरिद आवेदन दिन सक्नेछन्।
सर्वसाधारण यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख २० हजार इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। यो ऋणपत्रमा धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सकिनेछ।
आईसीएफसी फाइनान्सको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।