IME Life New

इम्सनको अध्यक्षमा पुनः रामराजा श्रेष्ठ चयन, कोषाध्यक्षमा दोहोरिए भण्डारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । आर्थिक मिडिया सञ्चालकहरूको साझा संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) को अध्यक्षमा रामराजा श्रेष्ठ पुन चयन भएका छन्। संस्थाको काभ्रेको थुमकी रिसोर्टमा भएको सातौं वार्षिक साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मतिमा पुनः चयन गरेको हो। उनी बिजखबर डट कमबाट प्रतिनिधित्व गर्दै संस्थाको अध्यक्षमा चयन भएका हुन्।

त्यसैगरी संस्थाको उपाध्यक्षमा इक्वीटी नेपाल डट कमका लोचन खतिवडा र टक्सार म्यागजिनका हिम बिष्ट चयन भएका छन्। संस्थाको महासचिवमा सिंहदरबार डट कमका नारायण पौडेल र कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव प्रसाद भण्डारी दोहोरिएका छन् भने सचिवमा अर्थपथ डट कमबाट विष्णुतारुके, सहसचिवमा आर्थिक आवाज डट कमका सुरेन्द्र पौडेल चयन भएका छन्।

Esewa
Crest

संस्थाको सदस्यहरूमा अर्थ संसार डट कमका मिलन खड्का, आर्थिक पार्टी डट कमका मदन लामिछाने, मेरो अटो डट कमका उज्ज्वल घिमिरे र हाम्रो अर्थ डट कमका दीपक भट्ट सर्वसम्मत चयन भएका छन्।

संस्थाको शुक्रबार सम्पन्न साधारण सभाले आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो । इम्सनले देशमा आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र बीच रहेर पुलको काम गर्दै आएको छ। नवनिर्वाचित अध्यक्ष रामराजा श्रेष्ठले आफ्नो आगामी कार्यकालमा आर्थिक मिडिया सञ्चालकहरूको हितमा काम गर्दै राष्ट्रको आर्थिक विकासमा योगदान पुर्‍याउन सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे।साथै अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रहरूलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग नीतिगत रुपमा लबिङ गर्ने समेत उनले जानकारी दिए। संस्थामा २७  आर्थिक मिडियाहरू आबद्ध छन्।

संस्थाको पहिलो कार्यसमिति बैठकले अनुशासन समितिको संयोजकमा न्यूज एजेन्सी नेपालका सविन धमलालाई चयन गरेको छ । आचार संहिता समितिको संयोजकमा आर्थिक भ्वाइस डटकमका बिजय फुयाँलललाई चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS