IME Life
GBIME

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ अर्ब ८५ करोड

SPIL
NLIC

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशलमव १० अंकले घटेर २,६५४ को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड माथिको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । आज यस बैंकको ३० करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २१ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड इदि मर्दिको १९ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ८९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावर कम्पनी र मन्दकिनी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS