IME Life New

न घर न बीमाः दोहोरो मारमा लस एन्जलसका डढेलो पीडित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलसका बासिन्दा सेबस्टेन ह्यारिसन यतिबेला घरबासविहीन बनेका छन्। गत साता जंगलबाट फैलिएको डढेलोले ह्यारिसनको घर ध्वस्त भएको छ।

डढेलो भग्नावशेषमा परिणत आफ्नो घरतिर हेर्दै ह्यारिसनले अब फेरि पहिलेजस्तै नहुने बताए। ‘डढेलोले मेरो घर खरानी भएको छ, अब फेरि यस्तै घर बनाउने मसँग क्षमता छैन’, उनले भने, ‘न त बीमा नै छ।’

Esewa
Crest

ह्यारिसनमात्रै होइन लस एन्जलसका दसौँ हजार मानिसले अहिले बेघर बनेका छन्। डढेलोले उनीहरुको घरसहितको सबै भौतिक सम्पत्ति खरानी भएको छ। उनीहरु केही वर्षयता असुरक्षित ढंगले त्यहाँ बसोबास गर्दै आएका थिए। किनकि डढेलोको जोखिममा रहेको लस एन्जलसमा बीमा कम्पनीहरु कसैको बीमा गर्न इच्छा देखिएनन्।

कम्पनीहरुबाट बीमा गर्नै परे पनि त्यहाँका स्थानीयले उच्च प्रिमियम तिर्नुपर्ने बाध्यात्मक अवस्था थियो। जसका कारण धेरैजसो स्थानीयले बीमा गर्न सकेनन्।

अमेरिकाकै दोस्रो ठूलो सहरका जनताको दैनिकी यतिबेला दयनीय बनेको छ। डढेलोले त्यहाँ दुई दर्जनभन्दा बढीको ज्यान लियो भने १२ हजार घरहरु ध्वस्त बनायो।

ह्यारिसनले सन् २०१० मा आफ्नो घरलगायतको भौतिक संरचनाको बीमा गर्न चाहेका थिए। तर, त्यतिबेला नै बीमा कम्पनीले वार्षिक ८ हजार प्रिमियम लिन्थ्यो। ‘उच्च प्रिमियम भएकै कारण मैले बीमा गर्न सकिनँ’, उनले भने, ‘बीमा गर्नुभन्दा एउटा फेन्सी कार किन्ने मेरो सोच थिएन। मेरा लागि मेरो परिवारको दैनिक गुजारा चलाउनु महत्वपूर्ण थियो।’

पूर्वअभिनेतासमेत रहेका ह्यारिसन १४ वर्षदेखि बसोबास गर्दै आएको घर खरानीमा परिणत हुँदा निकै भानुव देखिन्छन्। ‘अब यो क्षति न राज्यले परिपूर्ति गर्छ न त सरकारले नै’, उनले भने, ‘मैले यो घरको ऋणबापतको किस्ता पनि तिर्न बाँकी छ। म निकै चिन्तित छु किनकि मैले सबै गुमाएको छु।’

क्यालिफोर्नियामा सम्पत्तिको बीमा गर्न निकै सकस छ। जलवायु परिवर्तनका कारण विश्वमै डढेलोलगायतको प्राकृति प्रकोपका घटना बढ्दै जाँदा बीमा कम्पनीहरु सम्पत्ति बीमाबाट पन्छिन थालेका छन् भने केहीले बीमा प्रिमियम उच्च पारेका छन्।

गत वर्ष राज्यका बीमा आयुक्त रिकर्ड लाराले बीमा कम्पनीहरुलाई क्यालिफोर्नियामा फर्किन प्रोत्साहन गरेका थिए। उनले सम्भावित लागतका आधारमा बीमा प्रिमियम तय गर्न पनि आग्रह गरेका थिए।

क्यालिफोर्नियामा विगत ८ महिनादेखि वर्षा भएको थियो। फलस्वरुप बढ्दो डढेलोको जोखिमका कारण बीमा कम्पनीहरुले त्यति चासो दिएनन्। ‘अहिले यो प्राकृतिक विपत्ति आइपर्यो, यसले बीमा कम्पनीहरुलाई झनै त्रसित बनाएको छ’, उनले भने। –दि अस्ट्रेलियनबाट भावानुवादित

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS