IME Life New

आशा लघुवित्तको २० लाख बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको २० लाख बढी कित्ता शेयरको लकइन अवधि आउँदो फागुन ११ गतेपछि सकिने भएको छ।

संस्थाको संस्थापक र कर्मचारीको गरी कुल २० लाख १४ हजार २२७.५० कित्ता शेयरको लकइन अवधि सकिने भएको हो। जसमा संस्थापक शेयरको प्रारम्भिक शेयर १७ लाख ५० हजार कित्ता र बोनस शेयर २ लाख ४९ हजार ३७५ कित्ता र कर्मचारीको प्रारम्भिक शेयर १३ हजार कित्ता र बोनस शेयर १ हजार ८५२.५० कित्ता शेयर रहेको छ।

Crest

संस्थाले २०७८ फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म आइपीओ जारी गरेको थियो। आइपीओ बाँडफाँट फागुन १२ गते गरिएको थियो।

कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS