काठमाडौं । आज शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५२ दशलमव ३६ अंकले बढेर २,६६५ को विन्दुमा कायम भएको छ । आज १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २० करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३१ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको २९ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् । एचआइडिसीएलका लगानीकर्ताले ८ दशलमव ४८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ८ दशलमव २१ प्रतिशतका दरले गुमाएका हुन् ।