IME Life New

घन्टौँको यात्रा अब केही मिनेटमै तय, भारतले ल्याउँदैछ ६ सिटे एयर ट्याक्सी ‘शून्य’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको राजधानी दिल्लीमा भइरहेको भारत मोबिलिटी ग्लोबल एक्सपो –बीएमजीई–२०२५) धेरै हिसाबले विशेष छ। यसपटक धेरै कार, बाइक र कमर्सियल गाडी भित्रिएका छन्।

एक्सपोमा उड्डययन क्षेत्रका कम्पनीहरुको पनि उत्साहजनक सहभागिता रहेको छ। बेंगलुरुमा रहेको एयरोस्पेस स्टार्टअप सरला एभिएसनले पनि एक्स्पोमा आफ्नो प्रोटोटाइप एयर ट्याक्सी शून्य (सरला एभिएसन शून्य) प्रदर्शन गरेको छ।

Esewa
Crest

यो एक ई–भीटीओएल (इलेक्ट्रिक भर्टिकल टेक–अफ एन्ड ल्यान्डिङ) गाडी हो। जसलाई एयर ट्याक्सीका रुपमा प्रयोग गरिने छ। यो एयर ट्याक्सीले सयौँ किलोमिटरको दूरी केही मिनेटमै तय गर्न सक्नेछ।

यो एयर ट्याक्सीलाई ट्राफिक जामले भरिएको महानगरका लागि निकै उपयोगी माध्यमका रुपमा हेरिएको छ। कम्पनीले सहरी हवाई यातायात सुरु गर्न २०२८ सम्म बेंगलुरुमा इलेक्ट्रिक फ्लाइङ ट्याक्सी सुरु गर्ने योजना बनाएको छ।

हाल कम्पनीले जिरोको प्रोटोटाइप ल्याएको छ र उत्पादन तयार मोडलमा पुग्दा यसमा धेरै परिवर्तन देख्न सकिन्छ। यो एयर ट्याक्सीले २५० किलोमिटर प्रतिघन्टाको गतिमा हावामा उड्न सक्ने कम्पनीले जनाएको छ। यो आधुनिक ब्याट्री प्रविधिको साथ १६० किलोमिटरका लागि डिजाइन गरिएको छ र २५–३० किलोमिटर यात्रा गर्न सक्षम छ।

यतिमात्र होइन यसमा ६ जना यात्रु र एक चालक एकैसाथ बस्न सक्छन्। यो एयर ट्याक्सीले अधिकतम ६८० किलोग्राम भार उठाउन सक्षम छ।

सरला एभिएसनका सहसंस्थापक र सीईओ एड्रियन स्मिटले भने, ‘ट्राफिक जाम र प्रदूषण जस्ता चुनौतीलाई सम्बोधन गरेर हाम्रो लक्ष्य भारतको आर्थिक सम्भावनालाई अनलक गर्नु हो। ता कि हामी सफा र थप जोडिएको भविष्यका लागि मार्गप्रशस्त गर्न सकौँ।’

यो एयर ट्याक्सीको क्याबिन अत्याधुनिक सुविधा र प्रविधिले सुसज्जित हुनेछ। ६–सिटर र ४–सिटर कन्फिगरेसनका अलावा यसलाई कार्गोका रुपमा पनि प्रयोग गर्न सकिन्छ। जसलाई यात्रुवाहक सवारीसाधनका रुपमा मात्र नभई सामानवाहकका रुपमा पनि प्रयोग गर्न सकिनेछ। ई–भीटीओएल सवारीसाधन भएकाले यसलाई हावामा उड्न कुनै ठूलो धावनमार्गको आवश्यकता पर्दैन। यो ठाडा रुपमा अर्थात् आफ्नो ठाउँबाट सीधै हावामा उड्न सक्छ।

एक्सेलको नेतृत्वमा ४१० मिलियन कोषका साथ सरला एभिएसनले सन् २०२८ सम्म बेंगलुरुमा ३० उडान एयर ट्याक्सी सुरु गर्ने योजना बनाएको छ। जसको विस्तार मुम्बई र दिल्लीसम्म हुनेछ। छोटो सहरी यात्राका लागि डिजाइन गरिएका यी ट्याक्सीले भारतमा हवाई गतिशीलतालाई बढावा दिँदै यात्रा समय कम गर्ने लक्ष्य राखेका छन्।

कम्पनीले यसलाई बेंगलुरुमा लन्च गरेपछि मुम्बई, दिल्ली र पुणेजस्ता सहरमा हवाई ट्याक्सी सेवा सुरु गर्ने योजना बनाएको जनाएको छ।

सरला एभिएसन अक्टोबर सन् २०२३ मा एड्रियन श्मिट, राकेश गावकर र शिवम चौहानले सुरु गरेका थिए। स्टार्टअपले हालै सिरिज ए कोषमार्फत १० मिलियन अमेरिकी डलर उठाएको छ। जसको नेतृत्व एक्सेलले गरेको थियो र फ्लिपकार्टका सहसंस्थापक बिन्नी बन्सल तथा जेरोधाका सहसंस्थापक निखिल कामथले पनि भाग लिएका थिए।

कम्पनीको नाम पछाडि पनि एउटा विशेष कारण लुकेको छ। कम्पनीको आधिकारिक वेबसाइटमा दिइएको जानकारीअनुसार सरला एभिएसनलाई देशकै पहिलो महिला पाइलट सरला ठकरालको नामबाट नाम दिइएको हो। उनले सन् १९३६ मा २१ वर्षको उमेरमा पाइलटको लाइसेन्स प्राप्त गरेकी थिइन्। यो त्यतिबेलाको कुरा हो, जब उड्डयन क्षेत्रमा पुरुषको वर्चस्व थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS