IME Life
GBIME

आईसीएफसी फाइनान्सको ९% ब्याज पाइने ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आईसीएफसी फाइनान्सको ३० करोड रुपैयाँबराबरको ऋणपत्रमा आज माघ ९ गतेबाट खरिद आवेदन दिन सकिनेछ।

कम्पनीले ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर’ जारी गरेको हो। जसअनुसार कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख इकाइ ऋणपत्र जारी गरेको छ।

Crest

कम्पनीले कुल इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १ लाख २० हजार इकाइको कम्पनीले सार्वजनिक निकाष्सन गरेको हो। सार्वजनिक निष्कासन गरिने कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६ हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी १ लाख १४ हजार इकाइमा सर्वसाधारण खरिद आवेदन दिन सक्नेछन्।

सर्वसाधारण यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख २० हजार इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। यो ऋणपत्रमा धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सकिनेछ।

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा माघ १३ गते र ढिलोमा माघ २३ गते बैंकिङ समयपछि हुनेछ।

आईसीएफसी फाइनान्सको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS