IME Life New

दर्ता नभएका उद्योगलाई दर्ता गर्न १ वर्षको समयसीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दर्ता नभई सञ्चालनमा रहेका उद्योगलाई दर्ता गर्न सरकारले १ वर्षको समयसीमा दिएको छ।

उद्योग विभागले एक सूचना जारी गर्दै दर्ता नभई सञ्चालन भइरहेका उद्योगलाई दर्ता गर्न १ वर्षको समयसीमा दिइएको जानकारी गराएको हो। सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ मा औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ३ को उपदफा (१)पछि उपदफा (१क) थप गर्दै यस्तो व्यवस्था गरेको छ।

Esewa
Crest

थपिएको व्यवस्थाअनुसार ऐनमा जुनसुकै कुरा लेखिएको भए पनि यो उपदफा प्रारम्भ हुँदाको बखत दर्ता नगराई स्थापना तथा सञ्चालनमा रहेका उद्योगले १ वर्षभित्र उद्योग दर्ता गर्न निवेदन दिन सक्नेछन्। त्यस्ता उद्योगबाट निवेदन परेमा उद्योग दर्ता गर्ने निकायले दफा ४३ को उपदफा (१) बमोजिम जरिवाना लिई उक्त उद्योग दर्ता गरिदिनुपर्नेछ।

त्यसैले दर्ता नभई सञ्चालनमा रहेका उद्योगलाई आवश्यक कागजपत्रसहित दर्ता प्रक्रिया अगाडि बढाउन विभागले सूचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS