IME Life New

मेट लाइफ र फरवार्ड नेपालद्वारा न्यानो कपडा वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो।

पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहरसँगै चिसो अत्यधिक बढेपछि मेटलाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले न्यानो कपडा वितरण गरेको हो ।

Esewa
Crest

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संयोजन गरेको कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सांसद भगबती चौधरी तथा मेटलाइफ नेपालका प्रतिनिधि निराजन बुढाथोकीले न्यानो कपडा वितरण गरे ।

कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नं ३ की सांसद भगबती चौधरीले आर्थिक अवस्था कमजोर भएका नागरिकको जिउधनको सुरक्षामा सबैले सहयोग गर्नुपर्ने बताइन् । सामाजिक उत्तरदायित्व अन्तरगत हरेक व्यवसायिक क्षेत्रले सामाजिक कामहरु गर्दा आर्थिक, सामाजिक रुपमा पछि परेका नागरिकको जीवनस्तर सुधार्न सहयोग पुग्ने सांसद चौधरीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS