IME Life New

दोहोरो अंकले बढेको बजारमा ६ अर्ब २५ करोडको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशलमव ५८ अंकले बढेर २,६०१ को विन्दुमा कायम भएको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२५ कम्पनीको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सुपर मादीको २४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोर हाइड्रोको १५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ०९ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावरका लगानीकर्ताले ७ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ७ दशलमव ३७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS