काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज साढे १० लाख कित्ता शेयर थपिएको छ।
नेप्सेमा सुपर मादी हाइड्रोपावरको १० लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको हो।
अघिल्लो आर्थिक वर्षमा सुपर मादीले आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही शेयर आज नेप्सेमा थपिएको हो।