काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ७ दशलमव ३३ अंकले घटेर २,५८८ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनकिो शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु, विन नेपाल लघुवित्त वित्तीय संस्था र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अपर हेवाखोलाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।