IME Life New

चार प्रदेशको केही भूभागमा हल्का वर्षाको संभावना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी चार प्रदेशमा आंशिकदेखि साधारण बदली रहने छ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार  कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

Esewa
Crest

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा, गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका सीमित स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

बिहीबार राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS