IME Life New

बढ्यो घरजग्गाको कारोबार, सरकारले पाउने राजस्वमा पनि उल्लेख्य वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरजग्गाको कारोबार बढेको छ। योसँगै सरकारले घरजग्गा कारोबारबाट पाउने राजस्वमा पनि उल्लेख्य वृद्धि भएको छ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकका अनुसार चालु आर्थिक वर्ष २०८१।८२ को पुस देशभर ४७ हजार ४७९ वटा घरजग्गाको कारोबार भएको छ। गत आर्थिक वर्षको पुसको तुलनामा समीक्षा अवधिमा घरजग्गा कारोबार ४.८७ प्रतिशतले बढेको छ। गत वर्ष पुसमा देशभर ४५ हजार २७५ संख्यामा घरजग्गा किनबेच भएको थियो।

Esewa
Crest

यो वर्षको मंसिरको तुलनामा पनि पुसमा ९.४५ प्रतिशतले कारोबार बढेको छ। मंसिरमा देशभर ४३ हजार ३७९ संख्यामा कारोबार भएको थियो।

घरजग्गा कारोबारबाट सरकारले पाउने राजस्वमा पनि बढोत्तरी भएको छ। पुसमा सरकारले घरजग्गा कारोबारबाट ४ अर्ब ६३ करोड रुपैयाँ राजस्व पाएको छ। गत वर्षको पुसको तुलनामा यो वर्ष ४४.६९ प्रतिशतले राजस्व बढी हो। गत वर्ष पुसमा भएको घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब २० करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS