IME Life New

बलेफी हाइड्रोपावरको झन्डै १८ लाख कित्ता शेयर लिलामीमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बलेफी हाइड्रोपावरको झन्डै १८ लाख कित्ता शेयर लिलामीमा आउने भएको छ।

कम्पनीको अवितरित १७ लाख ९८ हजार ५६५ कित्ता हकप्रद शेयर बिक्रीका लागि लिलामीमा आउने भएको हो। यो कम्पनीले जारी हकप्रदमा बिक्रीमा नभएको शेयर हो।

Esewa
Crest

कम्पनीले गत मंसिर २७ देखि पुस १७ गतेसम्म चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। कम्पनीले कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो।

कम्पनीले गत पुस २८ गते बिक्री गरिएको हकप्रद शेयर बाँडफाँट गरेको थियो। जसमा रितपूर्वक आवेदन दिएका शेयरधनीहरुलाई १ करोड ६४ लाख ८१ हजार ४४ कित्तामात्रै बाँडफाँट गरिएको थियो।

अब बिक्री नभएको बाँकी शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्रीमा राख्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS