IME Life New

धितोपत्र बोर्डमा मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन, जिम्मेवारी यस्तो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा ५ सदस्यीय अध्ययन समिति बनाइएको छ।

सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पुँजीबजार विस्तार र सुधारका लागि गर्नुपर्ने कामका विषयमा अध्ययन गर्न समिति गठन गरेका हुन्। अध्यक्ष श्रेष्ठले समितिमा संयोजकको जिम्मेवारी नियमन महाशाखाका प्रमुख कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठलाई दिएका छन्। धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठद्वय आपसमा प्रतिस्पर्धी थिए।

Esewa
Crest

समितिमा नियमन, कानुन, सुपरिवेक्षणलगायतका महाशाखाका अधिकारीहरु सदस्य छन्। ‘पछिल्लो समय बजारको अवस्था हेरेर हाल रहेका धितोपत्रसम्बन्धी विभिन्न ऐन, नियम, कार्यविधि, निर्देशिकलगायतका समसामयिक परिमार्जन गर्न आवश्यक छ वा छैन भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन पेस गर्न समितिलाई भनिएको छ’, प्रवक्ता निरञ्जय घिमिरेले भने।

पुँजीबजारमा अहिलेको अन्तर्राष्ट्रिय अभ्यासका विषयमा पनि अध्ययन गरेर रायसुझाव पेस गर्न समितिलाई भनिएको छ। ‘धितोपत्रको सर्वाजनिक निष्कासन, बुक बिल्डिङ विधिजस्ता विषयमा समितिले अध्ययन गरेर आफ्नो रायसहितको प्रतिवेदन पेस गर्नेछ’, घिमिरेले भने।

आन्तरिक रुपमा समिति गठन गरिएको यति नै समयभित्र प्रतिवेदन पेस गर्नुपर्ने भन्ने नरहेको प्रवक्ता घिमिरेले बताए। ‘समितिले जतिसक्दो छिटो प्रतिवेदन पेस गर्ने अपेक्षा छ’, उनले भने।

श्रेष्ठ नेतृत्वको समितिले पुँजीबजारका सरोकारावालाहरुसँग पनि आवश्यक छलफल गरेर प्राप्त सुझावलाई आफ्नो प्रतिवेदनमा समेट्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS