IME Life New

नेपाल टेलिकमले आजबाट पठाउँदैछ नगद लाभांशबापतको रकम शेयरधनीको बैंक खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले आज पुस २९ गतेबाट शेयरधनीको बैंक खातामा नगद लाभांश बापतको रकम पठाउने भएको छ।

कम्पनीले एक सूचना जारी गर्दै पुस २८ गते सम्पन्न १७ औँ वार्षिक साधारणसभाबाट शेयरधनीलाई आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट प्रतिशेयर रु. ३० (करसमेत) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएसँगै आजबाट काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलबाट सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा रकम जम्मा गर्न लागिएको हो।

Esewa
Crest

साधारणसभा प्रयोजनका लागि शेयर दाखिला बन्द हुने मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांशबापतको रकम सोही खातामा नै जम्मा गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। हालसम्म पनि अभौतिकीकरण (डिम्याट) नगराएका बा हितग्राही खाता खोलेर पनि कम्पनीको शेयर अभौतिकीकरण नगराएका शेयरधनीले आफूलाई पायक पर्ने निक्षेप सदस्यकोमा हितग्राही खाता खोलेर आफ्नो शेयर यथाशक्य छिटो अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाताको विवरण अद्यावधिक गरेश्चात् सोही बैंक खातामा नगद लाभांशको रकम जम्मा गर्ने व्यवस्था मिलाइने सूचनामा उल्लेख छ।

त्यस्तै आफ्नो शेयर अभौतिकीकरण गराइसकेका तर हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीले यथाशक्य छिटो आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएमा निजहरुको नगद लाभांश सोही खातामा क्रमानुसार जम्मा गर्ने व्यवस्था गरिने कम्पनीले जनाएको छ। बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीले नै व्यहोर्नुपर्नेछ।

नेपाल टेलिकमको शेयर दाखिला खारेजी बन्द हुने दिनसम्ममा मर्जर प्राप्ति पश्चात् गाभिएको बैंक तथा वित्तीय संस्थाको खाता नम्बर रहेका शेयरधनीहरुको खाता नम्बर परिवर्तन हुने हुँदा त्यस्ता शेयरधनीहरुको लाभांशको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फिर्ता आउने भएकाले यथाशक्य छिटो आफ्नो परिवर्तित नयाँ खाता नम्बर हितग्राही खातामा अद्यावधिक गराउन सूचनामा आग्रह गरिएको छ।

साधारणसभा प्रयोजनका लागि शेयर दाखिल खारेजी बन्द भएको मिति पुस १८ गतेभन्दा अघिल्लो दिनसम्ममा आफ्नो शेयर धितोमा राखी कर्जा सुविधा उपभोग गरेका शेयरधनीले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर अथवा उल्लेखित मिति पछाडि कर्जा चुक्ता गरेका शेयरधनीले नगद लाभांश फुकुवा गरिदिने पत्र प्राप्त गरी एनएमबि क्यापिटलमा पेस गरेपश्चात् नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS