IME Life New

८.५४% संस्थापक शेयर सर्वसाधारणमा परिमार्जन गर्दै सामुदायिक लघुवित्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले ८.५४ प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

संस्थाले आज एक सूचना प्रकाशित गर्दै साविक सामुदायिक लघुवित्त र बीपीडब्ल्यू लघुवित्त आपसमा मर्ज भएपछि कायम संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गर्न लागिएको जानकारी गराएको हो। हाल संस्थामा संस्थापक समूहको ६९.६५ प्रतिशत र सर्वसाधारणको ३०.३५ प्रतिशत शेयर स्वामित्व रहेको छ।

Esewa
Crest

यो शेयर संरचनालाई परिमार्जन गर्दै अब संस्थामा संस्थापक समूहको ६१.११ प्रतिशत र सर्वसाधारण समूहको ३८.८९ प्रतिशत कायम गर्न लागिएको सूचनामा उल्लेख छ। यसका लागि संस्थापक समूहको ८.५४ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिमार्जन गरिने संस्थाले जनाएको छ।

सर्वसाधारण शेयरमा परिमार्जन नचाहने संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काभ्रेको बनेपा–१४ साँगास्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने सूचनामा उल्लेख छ। तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुले शेयर संरचना परिवर्तन नचाहेको भनी निवेदन नदिएको खण्डमा शेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोहीअनुसार प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS