IME Life New

केएनपी नेरोलेकद्वारा सडक सुरक्षामा सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले काठमाडौँको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाको लागी चाहिने आवश्यक सामग्री प्रदान गरेको छ । केएनपी नेरोलेक पेन्ट्स गुणस्तरमा मात्र नभई, समाजिक जिम्मेवारी र सामुदायिक सेवामा पनि प्रतिबद्ध देखिन्छ। सडक दुर्घटनाहरू बढ्दै जाँदा, नेरोलेकले नो हर्न प्लीज, नो स्टपिङ स्पीड लिमिट र नो पार्किङ जस्ता महत्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको छ । जसले सडक सुरक्षा बारेमा जनचेतना फैलाउन मद्दत पुर्याउनेछ।

यी साइनबोर्डहरूले ट्राफिक उल्लंघनका घटनाहरू घटाउनका साथै पैदलयात्री र चालकहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्नेछन्। जापानको सर्वोत्कृष्ट पेन्ट कम्पनि केएनपी नेरोलेकले समाजको भलाईमा योगदान पुर्याउन नयाँ लक्ष्य राखेको छ।

Crest

सडक सुरक्षा सुनिश्चित गर्न अनि यात्री र चालकहरूको लागि सुरक्षित सडक सुनिश्चित गर्न केएनपी नेरोलेक निरन्तर प्रतिबद्ध छ। केएनपी नेरोलेकले संसारको सर्वोत्कृष्ट, पर्यावरणमैत्री पेन्टहरूको साथसाथै नवप्रवर्तनशील उत्पादनहरू प्रदान गरि नेपालको पेन्ट उद्योगलाई सुधार गर्दै स्वास्थ्य र दिगोपनको समर्थन गरिरहेको छ।

यस ब्राण्डको गुणस्तर र पर्यावरणमैत्री पेन्टहरूको कारण नेपालमा एक विश्वासिलो नाम बनेको छ। केएनपी नेरोलेक पेन्ट्स समुदायमा सकारात्मक प्रभाव पार्न पाउँदा निकै गर्व महसुस गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS